भन्सारमा नागरिकलाई सहजता प्रदान गर्न मधेसवादी दलको माग

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासीमा भन्सार नाकामा आम नागरिकलाई सहजता प्रदान गर्न मधेसवादी दलहरूले नेपाल सरकारसंग माग गरेका छन् ।

असार ४ गते देखि पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालय र विभिन्न ठाउँमा रहेका छोटी भंसार कार्यालयलाई भारतबाट ल्याइने एक सय रुपैयाँ भन्दा माथिको समानमा भन्सार लिने निर्देशन तल्लो स्तरका गरीब निमुखा जनताहरुलाई प्रत्यक्ष प्रभाव पार्ने भएको हुँदा तत्काल सहज वातावरण बनाउन सरकार संग माग गरिएको नेता मुकुरजी गिरिले बताउनु भयो ।

उहाँले सरकारले देशमा भईरहेको भ्रष्टाचार आर्थिक आनयमितता कर छली र तस्करहरुलाई नियन्त्रण गर्नुको सट्टामा गरीब निमुखा जनताहरुको जिवनयापन प्रति उदासिन रही यस प्रकारको निर्देशनले सरकार मधेशका जनता प्रति विभेद गरेको र उदासिन रहेको बताउनुभयाे ।

नेपाल सरकारले रु १०० सम्मको भन्सार लगाउने कार्य तुरुन्त रोक्का गरी देशमा भई रहेको भ्रष्टाचार आर्थिक अनियमितता कर छली तस्करहरुलाई नियन्त्रण गरी सिमा क्षेत्र रहेका जनता भारत संग रहेको रोटी बेटीको सम्बन्ध निमुखा र निम्न स्तरका जनता र किसानहरुको जीवन यापनलाई ख्याल गरी नेपाल सरकारने यस प्रकारको निर्णय र निर्देशन तुरुन्त रोक्का गर्दै पहिले कै अवस्थामा भन्सारको अवस्था कायम गर्न माग गरेकाे उहाँले बताउनुभयाे ।

जसपा नवलपरासीका अध्यक्ष धरेन्द्र यादव, जनमत पार्टीका केंद्रीय सदस्य बालगोबिन्द चौधरी, लोसपा नवलपरासीका अध्यक्ष मुकुर जी गिरी, नागरिक जनमुक्ति पार्टी नवलपरासीका अध्यक्ष ओम प्रकाश चौधरी, जनता प्रगतीशिल पार्टी नवलपरासीका अध्यक्ष राधेरमण पाण्डेको संयुक्त हस्ताक्षरबाट अर्थ मन्त्रालय सिहंदरवार काठमाडौं, मुख्यमन्त्रीको कार्यालय लुम्बिनी प्रदेश सरकार, महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीलाई बोधार्थ गर्दै प्रमूख जिल्ला अधिकारी मार्फत् नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?