वायुसेवा निगममा नयाँ कर्मचारी थप गर्नु नेपाल आमाको रगत खाए सरह हो : योगेश भट्टराई

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको टिप्पणी गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले थला पर्न लागेको नेपाल वायुसेवा निगममा थप कर्मचारी भर्ना पर्ने नेपाल आमाको रगत खाएजस्तै हुने टिप्पणी गर्नुभएको हो।

उहाँले नेपाल वायुसेवा निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो अवस्थामा पुग्न लागेको बताउनु भयो। उहाँले यदी ग्राउण्ड ह्याण्डिलिङ उड्डयन प्राधिकरणले अन्य कम्पनीलाई दिए वायुसेवा निगम थला पर्ने बताउनु भयो। उहाँले वायुसेवा निगमका कर्मचारीले तलव खाने मुख्य स्रोत नै ग्राउण्ड ह्याण्डिलिङ भएको भन्दै हवाई उडानबाट नाफा नभएको बताउनु भयो।

उहाँले निगमलाई कति कर्मचारी आवश्यकता हो भन्ने विषयमा मूल्याङ्कन गर्न आवश्यक रहेको बताउनु भयो। उहाँले निगमले ३ हजार कर्मचारी राखेर ४ वटा जहाज उडान भर्ने निगम आवश्यक नभएको बताउनु भयो। उहाँले नेपालका नीजि कम्पनीमा १६ वटा जहाज हुँदा उनीहरुका कर्मचारी ११ सय कर्मचारीले पुगेको भन्दै वायुसेवा निगमसँग ४ वटा जहाज हुँदा ३ हजार कर्मचारी रहेको बताउनु भयो। उहाँले एमालले तीन वर्ष सरकार सञ्चालनमा गर्दा एक जना पनि कर्मचारी थप नभएको भन्दै अहिले निगममा सयौं कर्मचारी भर्ती गरिएको भन्दै असन्तुष्टी जनाउनु भयो ।
उहाँले निगमलाई सोमलियाकी आमा जस्तो बनाउन थालिएको बताउनु भयो। उहाँले नेपाल वायुसेवा निगमलाई संरचनागत हिसावले सुधार गर्न आवश्यक रहेको बताउनु भयो। सांसद भट्टाराई एमालेको पालामा सर्वसाधरणले समेत शेयर पाउने गरी पब्लिक कम्पनीमा लानुपर्छ भन्ने निस्कर्षमा पुगे पनि निजीकरण गर्‍यो भनेर काम गर्न नदिइएको बताउनु भयो । उहाँले सर्वसाधरण समेतलाई शेयर निस्काषन हुने गरी पब्लिक कम्पनीमा लैजान जरुरी रहेको बताउनु भयो। उहाँले त्यसको लागि प्रवन्धपत्र तयार भएको बताउनु भयो।

उहाँले भन्नुभयो,‘ नेपाल वायुसेवा निगम हिमाल सिमेन्ट कारखाना जस्तो बन्न पुगेको छ । कारखानाका कर्मचारीहरु अहिले पनि तलव भत्ता माग गर्दै सडकमा हिँडिराख्नुभएको छ । यदी नेपाल वायुसेवा निगमलाई संरचनागत हिसावले सुधार नगर्ने हो भने यसको हालत त्यही हुन्छ । हाम्रो सरकारको पालामा सर्वसाधरणले समेत शेयर पाउने गरी पब्लिक कम्पनीमा लानुपर्छ भन्ने निस्कर्षमा पुगेका थियो । तर प्रत्येक वर्ष नीति कार्यक्रममा आउँछ । त्यसपछि निजीकरण ग¥यो भनेर काम गर्न दिइँदैन । पब्लिक कम्पनी र निजी कम्पनी पनि फरक हो भनेर नबुझ्नेहरुले यस्तो टिप्पणी गरिरहेका छन् । यसलाई सर्वसाधरण समेतलाई शेयर निस्काषन हुने गरी पब्लिक कम्पनीमा लानुपर्छ । त्यसको प्रबन्धपत्र तयार पारेका थियौं । मन्त्रालयमा अहिले पनि छ । निगमको संरचनागत सुधार बाहेक अन्य विकल्प छैन । यदी ग्राउण्ड ह्याण्डिलिङबाट उड्डयन प्राधिकरणले पैसा पाउँछ । भोलि अरु कुनै कम्पनीले त्यो भन्दा बढी दिन्छु । भन्यो भने दिने की नदिने ? वायुसेवा निगमले ग्राउण्ड ह्याण्डिलिङ पाएन भने वायुसेवा निगम थला पर्छ । अर्को कुनै विकल्प छैन । नेपाल वायुसेवा निगमका कर्मचारीले तलव खाने मुख्य स्रोत नै ग्राउण्ड ह्याण्डिलिङ हो । उडानबाट नाफा छैन । निगमलाई कति कर्मचारी आवश्यकता हो अध्ययन गर्नुपर्छ । ३ हजार कर्मचारी राखेर ४ वटा जहाज उडान भर्ने हो भने निगम आवश्यक छैन । नेपालका निजी कम्पनीमा १६ वटा जहाज हुँदा उनीहरुका कर्मचारी ११ सय छन् । वायुसेवा निगमसँग ४ वटा जहाज छन् ३ हजार कर्मचारी किन चाहियो । एमालेले सरकार चलाएको बेलामा एक जना पनि कर्मचारी थप भएको थिएन । त्यसपछि सयौं कर्मचारी वायुसेवा निगममा भर्ती गरिँदै छ किन ? त्यसलाई सोमलियाकी आमा जस्तो बनाउने हो ? जुन आमाको दुध आउँदैन । आमाको दुध चुसिराख्ने ? त्यो आमाको रगत चुसे जस्तै हो । नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु भनेको नेपाल आमाको रगत खानु जस्तै हो । आज त्यस्तै भइरहेको छ ।’

उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ अन्तर्राष्ट्रिय विमानस्थल भन्दा अरु हुन नसक्ने बताउनु भयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक ८५ लाख यात्रुहरुलाई सेवा दिइरहेको भन्दै विमानस्थलको क्षमता अधितम ९० लाख रहेको बताउनु भयो। उहाँले पोखरा,भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपनि ती विमानस्थलाई जनतालाई सहजता भन्दा पनि पर्यटकीय विमानस्थल बनाउन आवश्यक रहेको बताउनु भयो।

उहाँले भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल पर्यटकीय गन्तव्य ठाउँमा भएकाले आफैँले उत्पादन गर्नुपर्ने बताउनु भयो । उहाँले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएर गल्ती भएको भन्दै विमास्थल चलाउन सरकारले पनि पहल गर्नु आवश्यक रहेको बताउनु भयो। उहाँले काठमाडौंको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान ९० वटा रहेको र अर्को वर्ष ११० वा ११५ अन्तर्राष्ट्रिय उडान हुने बित्तिकै साँघुरो हुने बताउनु भयो ।
उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प भनेको निजगढ बाहेक अन्य हुन नसक्ने भन्दै निजगढ विमानस्थल सरकारले बनाउनै पर्ने बताउनु भयो। उहाँले नेपालमा ५५ वटा विमानस्थलहरु रहेपनि धेरै विमानस्थलहरु चल्न नसकेको बताउनु भयो। उहाँले विमानस्थल नयाँ थप्ने की नथप्ने भन्ने ठूलो नीतिगत प्रश्न उठेको भन्दै अनाश्वयक रुपमा नयाँ विमानस्थल थप्न आवश्यक नभएको बताउनु भयो। उहाँले विमानस्थल व्यवसायिक प्रतिफल,पर्यटन र जनताको सहजताका लागि निर्माण गरिने बताउनु भयो।

उहाँले ताप्लेजुङको सुकेटार,संखुवासभाको तुम्लिङटार,लुक्ला सोलुखुम्बु,सिमीकोट हुम्ला र ताल्चा मुगु विमानस्थल पर्यटकीय हिसावले महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले यी विमानस्थलको सकेसम्म सरकारले स्तरोन्नति गर्न आवश्यक रहेको बताउनु भयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?