कबा प्रतिभा चयन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । कपनबानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा प्रदान गर्दै आएको कबा सम्मान तथा पुरस्कारलाई निरन्तरता प्रदान गर्दै यस वर्षका लागि प्रतिभा चयन गरेको छ । यस पटक कबा विशिष्ट सम्मान कपन-बानेश्वर साहित्यिक साप्ताहिकका विशिष्ट सदस्य साहित्यकार विमल अर्याललाई प्रदान गरिने भएको छ ।

यसैगरी महेन्द्र चालिसे कबा साहित्यिक पत्रकारिता पुरस्कार २०७९ साहित्यकार तथा साहित्यिक पत्रकार मुरारी सिग्देललाई प्रदान गरिने भएको छ । पत्रिकामा प्रकाशित रचनाहरूमध्ये यसपटक नालाङ कबा रचना पुरस्कार २०७९ पुरुषतर्फ दिवाकरप्रसाद आचार्यलाई पुष्करप्रसाद श्यामा खरेल स्मृति कबा रचना पुरस्कार २०७९ महिलातर्फ शान्ति रिसाललाई, गंगा लिगल कबा रचना पुरस्कार २०७९ मोफसलतर्फ लमजुङका रमेशचन्द्र घिमिरेलाई र हेमगंगा कबा रचना पुरस्कार २०७९ बालतर्फ रिलायन्स इन्टरनेसनल एकेडेमी कपनका युगिन नेपाललाई प्रदान गरिने भएको छ ।

पत्रिकाका प्रबन्धक वरिष्ठ साहित्यकार गंगा पौडेलको संयोजकत्वमा गठित प्रतिभा चयन समितिको सिफारिस बमोजिम प्रतिभा चयन गरिएको जनाइएको छ । यी सम्मान तथा पुरस्कार आगामी साउन ५ गते शुक्रबार पत्रिकाको एघारौं वार्षिकोत्सवको अवसरमा गरिने विशेष कार्यक्रमबीच प्रदान गरिने कपन-बानेश्वरका व्यवस्थापक विमल कोइरालाले जनाउनु भएको छ ।

पत्रिकाका संरक्षकहरूको नाममा पुरस्कारहरूको नामकरण गरिएको र पुरस्कारमा सास, प्रमाणपत्र र नगद पाँच हजार रुपैयाँ रहेको पत्रिकाका सल्लाहकार वरिष्ठ उपन्यासकार शंकर भारतीले बताउनुभयो । निबन्ध आचार्यको सम्पादन तथा प्रकाशनमा २०६९ साउन ५ गतेदेखि निरन्तर रूपमा प्रकाशित कपन-बानेश्वर साहित्यिक साप्ताहिकलाई नेपालको पहिलो र एकमात्र साहित्यिक साप्ताहिक पत्रिकाको रूपमा प्रकाशित हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?