भोजपुरका स्थानीय तहहरुले आगामी बर्षका लागि बजेटसहितको कार्यक्रम ल्याउँदै

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । भोजपुरका स्थानीय तहहरुले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रमसहित बजेट ल्याउन थालेका छन । आर्थिक बर्ष २०८०/०८१ का लागि भोजपुरका-२ नगरपालिका र ७ वटै गाउँपालिकाले अहिले आफ्नो नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गर्न सुरु गरेका हुन् ।

भोजपुर उत्तर दिङलामा केन्द्र रहेको षडानन्द नगरपालिकाले आगामी बर्षका लागि ८५ करोड १७ लाख ९९ हजार बरावरको बजेटसहितको नीति तथा कार्यक्रम नगरसभा मार्फत् सार्वजनिक गरेको छ । नगरपालिकाको आठौ नगरसभामानगर प्रमुख सुरेन्द उदासले ल्याउनु भएको नीति तथा कार्यक्रम र उपप्रमुख प्रमिला राईले प्रस्तुत गर्नु भएको आर्थिक बिनियोजन बिधेयक पास भएको हो ।

नगरसभाले सशर्त अनुदान र विषयगत बजेट गरि ८५ करोड १७ लाख ९९ हजार बराबरको बजेट पारित गरेको छ । नगरले भौतिक पुर्वधारको क्षेत्रमा ३० लाख, सामाजिक विकासमा २२ लाख, कृषि विकासमा २८ लाख, स्वास्थ्यमा ४५ लाख, शिक्षामा २ करोड ४ लाख, खेलकुदमा १४ लाख आयुर्वेद स्वास्थ्यमा ८ लाख, प्रधानमन्त्री रोजगारमा २० लाख र पशु विकासमा २० लाख बजेट विनियोजन गरेको छ ।

नगरलाई सशर्त अनुदान संघिय सरकारबाट ३३ करोड २० लाख, विशेष अनुदान संघबाटै ४ करोड, समपुरक अनुदान संघ २ करोड प्रदेश सशर्त अनुदान १ करोड १७ लाख ८२ हजार, प्रदेश समपुरक अनुदान १ करोड ३० लाख, समानिकरण अनुदान १० करोड ९५ लाख, बाँडफाँडबाट प्राप्त राजस्व ११ करोड १३ लाख ४० हजार, प्रदेश समानिकरण अनुदान ६८ लाख, बाँडफाँटबाट प्राप्त राजस्व १ करोड ३६ लाख २७ हजार, आन्तरिक आय २ करोड ५० लाख, जनसहभागिता १ करोड, सामाजिक सुरक्षा ११ करोड , संघिय सशर्त अनुदान पुँजी २ करोड ६९ लाख र गत आवको अल्या गरि २ करोड १८ लाख ५० हजार पैसा आर्थिक बर्ष २०८०/८१ को लागि अनुमानित आय रहेको छ ।

यता जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाको १३औँ गाउँसभाले आर्थिक वर्ष २०८०/०८१ को लागि ३९ करोड ९ लाख ९ हजार ९ सय रुपैया बराबरको बजेटसहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सभा मार्फत् चालु तर्फ २७ करोड ३० लाख ७४ हजार ९ सय र पुँजीगत तर्फ ११ करोड ७८ लाख ३५ हजार बराबरको बजेट गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले सार्वजनिक गर्नुभयो । विगतका वर्षका कामलाई निरन्तरता दिँदै थप नयाँ कामको लागि पनि यस बर्षको नीति तथा कार्यक्रममा बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै भोजपुर नगरपालिकाले आव २०८०/०८१ को आठौँ नगरसभाबाट ६३ करोड १० लाख १६ हजार ६ सय रुपैया बराबरको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरले बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पशुपालन, सहकारीलगायतमा बजेट बिनियोजन गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?