सुनचाँदी व्यवसाय असुरक्षित

Read Time = 2 mins

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले व्यावसायिक सुरक्षाको माग गरेको छ । आइतबार बिहान नेपाल सुनचाँदी व्यवसायी संघ, महोत्तरीमा न्यु साई ज्वेलर्सका सञ्चालक कृष्णा देवी र श्रीहरि ज्वेलर्सका सञ्चालक एवं नेपाल सुनचाँदी व्यवसायी संघ महोत्तरीका सहसचिव चन्दनकुमार साहको पसलको ताला तोडी सुनचाँदीका गरगहना चोरी भएको महासंघले जनाएको छ । पसलबाट सेफ (लकर) र गरगहनासहित ठूलो धनमाल चोरी भएको भन्दै महासंघले गरगहना चोरी गरी फरार रहेका व्यक्तिको खोजी गरी कारबाहीको माग गरेको छ ।

सुनचाँदी व्यवसाय आफैंमा संवेदनशील व्यवसाय हो । सुनचाँदी व्यवसायको क्षेत्रमा बारम्बार चोरी, डकैती र लुटपाटका घटना हुने गरेका छन् । हाल व्यवसायी आर्थिक समस्याबाट गुज्रिरहेको साथै सुनको दरभाउ उच्च रहेका बेला चोरी र लुटपाटका घटना झनै बढ्न सक्ने भन्दै थप सचेत हुन र शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन सम्बद्ध निकायको ध्यानाकर्षणसमेत गराइएको महासंघका प्रवक्ता मनोजकुमार साहले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?