तरूण सरदेसाई नेपाल राष्ट्रिय गल्फ टिमको प्रशिक्षक नियुक्त

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । १९औँ एसियाली खेलकुदका लागि भारतका तरूण सरदेसाईलाई नेपाल गल्फ संघले प्रशिक्षक नियुक्त गरेको छ । नेपाल गल्फ संघ र तरूण सरदेसाईबीच एसियन गेम्सका लागि सम्झौता भएको छ । सम्झौताअनुसार एसियन गेम्ससम्म सरदेसाई नेपाली राष्ट्रिय गल्फ टिमको प्रशिक्षकका रूपमा रहनुहुनेछ । नेपाल गल्फ संघका युथ डेभलपमेन्ट निर्देशक दीपक आचार्य टिमको सहायक प्रशिक्षक रहनुभएको छ । एसियन गेम्स सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्झाओमा हुनेछ ।

तरूण सरदेसाईको नेतृत्वमा नेपाली टिमले भारतको बैंग्लोरस्थित तरूण सरदेसाई गल्फ एकेडेमीमा प्रशिक्षण सुरू गरिसकेको छ । एसियन गेम्समा प्रोफेसनल गल्फर शुक्रबहादुर राई र एमेच्योर गल्फरहरू सुवास तामाङ, सद्भाव आचार्य र युवराज भुजेल तथा महिला गल्फ खेलाडी कश्मिरा शाह र सुष्मा सिग्देलले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

नेपाल गल्फ संघले राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा नेपाली टिमलाई विशेष प्रशिक्षणका लागि बैंग्लोर पठाएको हो । नेपाल नम्बर एक एमेच्योर गल्फर सुवाससँगै सद्भाव आचार्य गत एक वर्षदेखि यही एकेडेमीमा प्रशिक्षण गरिरहनुभएको छ । बन्द प्रशिक्षणकै दौरान सुवास र सद्भावले जुलाई १८ देखि १९ सम्म अर्किड कन्ट्री क्लबमा हुने सिंगापुर एमेच्योर ओपनमा सहभागिता जनाउनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?