दक्षिणपश्चिम चीनमा पहिरोमा परी सातजनाको मृत्यु

Read Time = 1 min

चेङ्दु । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको वेनचुआन काउन्टीमा मंगलबार बिहान पहिरोमा परी सातजनाको मृत्यु भएको छ । छोटो अवधिमा परेको भारी वर्षाका कारण वेनचुआन काउन्टीको मियाँसी टाउनसिप र वेइझोऊ टाउनसिपमा पहिरो गएको काउन्टीको आपत्कालीन व्यवस्थापन ब्यूरोले जनाएको छ ।

मंगलबार बिहान १०ः३२ बजेसम्म पहिरोबाट प्रभावित नौ सयभन्दा बढीलाई स्थानान्तरण गरिएको थियो । चार सयभन्दा बढी उद्धारकर्मी बेपत्ताको खोजी कार्यमा संलग्न छन् । रासस/सिन्हृवा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?