वर्तमान गठबन्धनलाई पाँच वर्ष कसैले हल्लाउन सक्दैन : निधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता गठबन्धन पाँच वर्ष चल्ने दाबी गर्नुभएको छ । महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको समाज सेवा र शान्ति विषयक विचार गोष्ठीमा निधिले यस्तो दाबी गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘मुलुकको प्रणालीलाई सफल कार्यान्वयन गर्नका लागि पनि वर्तमान गठबन्धन पाँच वर्ष नै चल्छ, कोही भ्रममा नपर्दा हुन्छ । यसलाई पाँच बर्ष कसैले हल्लाउन सक्दैन ।’

उहाँले गठबन्धनको सरकार परिवर्तन हुन्छ भन्नेमा कोही छ भने त्यो भ्रम मात्र हुने टिप्पणी गर्नुभयो । निधिले पाँच वर्ष सँगै हिँडे पनि ८४ को निर्वाचनमा भने कांग्रेस एक्लै लड्नुपर्ने र त्यसको तयारी अहिलेदेखि नै गर्नुपर्ने बताउनुभयो । विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागतका गर्नका लागि सबैले ध्यान केन्द्रित गर्नुपर्ने उहाँको भनाइ थियो । उपलब्धिलाई संस्थागत गर्न नसके गठबन्धन, समाजवादी मोर्चालगायत सबै निरर्थक रहने उहाँले बताउनुभयो । निधिले उमेरको बहस गर्नुभन्दा पनि विचारको बहस गर्दै पार्टीलाई बलियो बनाउनका लागि ध्यान केन्द्रित गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा कांग्रेस नेता प्रदीप पौडेलले राजनीतिमा भोट ल्याउने तरिका परिवर्तन भएको भन्दै कांग्रेसका राम्रा कामको प्रचार भए ०८४ को निर्वाचनमा चुनाव जित्न कसैसँग गठबन्धन गर्नु नपर्ने बताउनुभयो । उहाँले कांग्रेसको क्रियाशील सदस्यता लिन चाहने सबैलाई प्रदान गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?