सेयर बजारमा आज पनि सुधारको संकेत

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चालु साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । हिजो सोमबार पनि नेप्सेमा सुधार देखिएको थियो ।

मंगलबार नेप्से परिसूचक ११.२२ अंक बढेर १८५८.७६ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स २.४६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक बढेको छ ।

मंगलबार ४३ लाख ३१ हजार २२९ कित्ता सेयर किनबेच हुँदा ९९ करोड ६५ लाख ८६ हजार २९१ रुपैयाँको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये१२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?