सत्यको खोज ! फोटोफिचर

हिमालय टाइम्स
Read Time = 6 mins

सत्य के हो ? सबै कुरा सत्य हुन सक्छ त ? सत्य नै पछ्याउनु पर्ने ? सत्य अन्धो पनि हुन सक्छ ? सत्य भ्रम पनि हुन सक्छ ? हो यस्तैसत्य को खोज हेर्न मन्डला थिएटरमा अहिले हिउँ भन्दा चिसो नाटक लागिरहेको छ ।

सोमनाथ खनालको निर्देशनमा बनेको यो नाटकमासत्यकै खोजको बिषय देखाइएको छ । ३ पात्रमा खेलिएको यो नाटक सुदूरपश्चिमेली भाषा र शैलि मा खेलिएको देखिन्छ । बजारदेखि दुर्गम गाँउ हुन्छ त्यहाँ एक दम्पति मात्र बसेको हुन्छन । त्यो गाउँबाट सबै सरेर खालि भैसकेको थियो । गोपि (गोभिन्द सुनार) , गोपिकी श्रीमति नौरति (रेणु नाथ योगि) र डा. सिद्वान्त (भोलाराज सापकोटा) यी तीन पात्र को आफ्नै आफ्नै भूमिकामा एकदमशक्तिशालि देखाइएको छ । सुदुरपश्चिम र खस भाषाको प्रयोगले यसलाई अझ सुनमा सुगन्ध दिएको देखिन्छ । रित्तो गाँउ, सत्यकोखोज र आत्माहरुसँग कुँदिएको यो नाटक हेर्न चाहि पुग्नै पर्ने देखियो ।

अस्पतालको सहायक कर्मचारी मा गोपीले आफनोअस्पतालको डा. सिद्वान्तलाई आफ्नो गाँउ गोपि र नौरतिको छोराको उपचार गर्न लगेका हुन्छन् । नौरतिको इच्छाले गोपिले डाक्टरलाई आफ्नो घर लगेको हुन्छ । यसै गरि यो नाटकमा गोपिले आफ्नो श्रीमानको, डाक्टरले आफ्नो धर्मको र नौरतिले आफ्नो बच्चाप्रतिको भुमिका सबै सम्मान योग्य नै छ । अरु थाहा पाउन नाटक नै हेर्नुपर्छ । मन्च शृगार सङ्गै सङ्गित र प्रकाशको पनि महत्त्वपूर्ण भुमिका रहेको छ । नाटकमा धेरै हास्ने देखाइएपनि यस्को भित्रि साँचो र सत्य एकदमै तितो छ । यो कथा भारतीय लेखक सौरभ शुक्लाको बर्फ भन्ने नाटक बाट प्रभावित भएको भनिएको छ ।

मन्डला थिएटर को सस्थापक तथा यो नाटक को निर्देशक सोमनाथ खनाल कोकलाकार छनोटको खुबी यहि देख्न सकिन्छ । यो नाटकको अनुवाद नम्रता केसीले गर्नु भएको छ । मन्डला थिएटरले प्रस्तुत गरेको नाटक साउन १४ गतेसम्म मञ्चन हुने छ। नेपाली शैलीको र कर्णाली सेरोफेरोमा ढलेको कथा एकदमै तारिफ योग्य छ । डाक्टरले देखेको सत्य, गोपिको सम्मानिय श्रीमान को कथा र नौरति जुन सत्यमा बाँचिरहेकी कथाबस्तु नेपालीरङ्ग मन्चमा दर्शकहरुले हेर्नै पर्ने उदाहरणिय छ ।

अझ थप हेर्न मन्डला मै गएर हेर्नु होला।

 

मनिष अर्याल (नेपाल फोटो लाइब्रेरी)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?