दाङ । दाङको राजपुरमा मोटरसाइकल दुर्घटना हुँदा राजपुर स्वास्थ्य चौकीका निमित्त प्रमुख तारा प्रसाद बिकको मृत्यु भएको छ ।
राजपुर गाउँपालिका वडा नम्बर ६ का का.स. अमृत रोका र निमित्त प्रमुख बिक सवार रा ६ प ८९२४ नम्बरको मोटरसाइकल राजपुर ५ जंग्रहवा चोकमा अनियंत्रित भएर दुर्घटना हुँदा बिक गम्भीर घाइते हुनुभएको थियो । नाली निर्माणका लागि राखिएको बालुवामा चिप्लिएर मोटरसाइकल दुर्घटना हुँदा पछाडि बसेका बिक लडेर सिमेन्टबाट निर्माण भएको बल्क इट्टामा ठोक्किएको प्रहरीले बताएको छ । बिकको बल्क ईट्टामा ठोक्किएर टाउकोमा गम्भीर चोट लागेको थियो ।
टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बिकलाई कोहलपुर मेडिकल कलेजमा उपचार गर्ने क्रम आजेै मृत्यु भएको हो ।शान्ति नगर गाउँपालिका वडा नम्बर ७ खैरेनी घर भएका अन्दाजी ३३ वर्षीय निमित्त प्रमुख बिक हाल राजपुर स्वास्थ्य चौकीमा कार्यरत हुनुहुन्थ्यो । स्वास्थ्य चौकीमा कुनै प्रमुख नभएपछि अहिले उहालाई निमित्त प्रमुखको जिम्मेवार दिइएको थियो ।
त्यस्तै मोटरसाइकल चालक अमृत रोकाको खुट्टामा चोट लागेको र अहिले रोकालाई वडा प्रहरी कार्यालय लमहीको नीग्रानीमा कृपया मेडिकल हलमा उपचार भइरहेको छ । उपचार पस्च्यात रोकालाई ईलाका प्रहरी कार्यालय गढवालाई जिम्मा लगाई आवश्यक अनुसन्धान गरिने ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिनु भयो ।कालाकाटे-सिक्टा जोड्ने हुलाकी सडकमा अहिले बाटो पिच र नाली निर्माण हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच