खोला तरने क्रममा बगेर दुई जनाको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

-नविन कुमार शर्मा

दैलेख । दैलेखमा खोला तर्ने क्रममा बगेर दुई जनाको मृत्यु भएको छ ।

मूत्यु हुनेमा भैरवी गाउँपालिका- २ का ४३ वर्षीय वीरबहादुर थापा र महाबु गाउँपालिका-३ का ४६ वर्षीय कृष्णबहादुर बुढा रहनुभएको छ ।

जिल्लामा आवश्यक रुपमा झोलुंगे पुलहरू नहुँदा प्रत्येक वर्ष खोला तर्दा सर्वसाधारणको मृत्युहुने गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद शाहले जानकारी दिनुभयो ।

भैरवी गाउँपालिका र महावु गाउपालिकाको विचबाट वग्ने छामघाट खोला तर्ने क्रममा दुवै जनालाई बगाएको हो । मृत्यु भएका दुई जनाको शव भैरवी गाउँपालिका-१ खोली बजार नजिकै खोलाको वगरमा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

दुवै जनाको शव पोस्टमार्टमका लागि दैलेख जिल्ला अस्पताल लगिएको डीएसपी शाहले जानकारी दिनुभयो । मृतक थापा र बुढा नाताले सम्धी हुनुहुन्छ । वीरबहादुरले सम्धी कृष्णबहादुरलाई घर पठाउन खोला तराउने क्रममा दुवै जनालाई बगाएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?