डा. उपाध्यायलाई संयुक्त नेपाली महासंघ मुम्बईको विशेष सम्मान

Read Time = 2 mins

मुम्बई । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यालाई संयुक्त नेपाली महासंघ मुम्बईले विशेष सम्मान गरेको छ । उहाँलाई मुम्बईमा एक विशेष समारोहबीच नेपाली महासंघले विशेष सम्मान गरेको हो । संयुक्त नेपाली महासंघ मुम्बईले उहाँलाई ‘विश्व कीर्तिमान अद्भूत व्यक्तित्व सम्मान’बाट विभूषित गरेको हो ।

बहुआयामिक व्यक्तित्वका धनी प्रसिद्धि गीतकार तथा उपन्यासकार डा.उपाध्यायले आफ्ना सिजर्नामार्फत विश्वमा नेपाल चिनाउन सफल हुनुभएको विषय हामी सबैका लागि गौरवको कुरा भएकाले उहाँलाई सम्मान अर्पण गरिएको महासंघका अध्यक्ष धीर रावलले बताउनुभयो ।

‘एउटा स्रष्टामात्र नभएर हाम्रो राष्ट्रिय धरोहरका रूपमा रहनुभएको अद्वितीय व्यक्तित्वलाई मुम्बईमा सम्मान गर्न पाउँदा हामी हर्ष विभोर भएका छौं’, अध्यक्ष रावलको भनाइ थियो । यस्तै डा.उपाध्यायलाई महासंघले आफ्नो आजीवन मानर्थ सदस्य पनि प्रदान गरेको छ ।
१३२ विश्व कीर्तिमान कायम गर्नुभएका उपाध्याय ३६ एल्बमका सयौं गीत श्रोता/दर्शकमाझ आएका छन् ।

यस्तै, उहाँका ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायां’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ र ‘मझधार’ जस्ता १५ उपन्यास पाठकमाझ आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?