महिला टोलीले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली महिला फुटबल टोलीले बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपाली टोली मंगलबार त्यसतर्फ जाँदैछ । नेपाल र बंगलादेशबीचको पहिलो खेल असार २८ गते र दोस्रो खेल असार ३१ गते हुनेछ ।

बंगलादेशबाट फर्केपछि महिला टोली पुनः एसियाली खेलकुदको तयारीमा जुट्नेछ । नेपाली महिला फुटबल टोलीको गोलकिपरमा एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ, डिफेन्डरमा अमृता जैशी, गीता राना, हिराकुमारी भुजेल, पुजना राना, विमला विके, निशा थोकर, समीक्षा घिमिरे, अञ्जली वाइबा हुनुहुन्छ ।

यस्तै, मिडफिल्डरमा रेनुका नगरकोटे, सरु लिम्बू, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई र दीपा शाही, फरवार्डमा सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल हुनुहुन्छ । यस्तै, प्रशिक्षकमा अनन्तराज थापा (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (गोलकिपर प्रशिक्षक) हुनुहुन्छ ।

बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेललाई साफ च्याम्पियनसिपको फाइनलमा भोगेको हारको बदला लिने मौकाका रूपमा लिएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अनन्तराज थापाले बताउनुभयो । गत वर्ष फाइनलमा दशरथ रंगशालामा नेपाललाई ३–१ ले हराउँदै बंगलादेश पहिलोपटक महिला साफ च्याम्पियनसिपको विजेता बनेको थियो ।

‘यसपटक दुईवटा मैत्रीपूर्ण खेल खेल्दैछौँ,’ थापाले भन्नुभयो, ‘यो हाम्रा लागि त्यो हारको बदला लिने मौकाका रूपमा लिएका छौँ । हामी सफल हुन्छौँ भन्नेमा आशावादी छौँ । मैले पहिलादेखि नै अहिलेको महिला टोली भनेको गोल्डेन पुस्ता हो । सबै हिसाबले हामी बंगलादेशलाई पराजित गर्न सक्षम छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?