अशोकले अष्ट्रेलियामा निर्णायकको भूमिका निभाउने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालका अशोक खड्काले अष्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने तीन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने हुनुभएको छ । वल्र्ड तेक्वान्दोको आयोजना र अष्ट्रेलिया तेक्वान्दोको संयोजनमा वल्र्ड र्‍याङ्किङ जी टु इभेन्टका तीन प्रतियोगिता डब्लुटी प्रेसिडेन्ट कप ओसियाना, अष्ट्रेलिया ओपन र ओसियाना तेक्वान्दो ओपनमा नेपालका अन्तर्राष्ट्रिय रेफ्री अशोकले पुम्से विधातर्फ रेफ्रीको भूमिकामा खेल सञ्चालन गर्नुहुनेछ ।

ती प्रतियोगिता जुलाई ६ देखि ९ तारिखसम्म हुनेछन् । अशोकका अनुसार ती प्रतियोगितामा नेपालका कमल श्रेष्ठ र मनोज श्रेष्ठले पुम्सेमा प्रतिस्पर्धा गर्नुहुनेछ । अशोक आइतबार अष्ट्रेलिया प्रस्थान गर्नुहुनेछ । अशोक क्यारोगी, पुम्से र पारा तीनवटै विधाका नेपालका एकमात्र अन्तर्राष्ट्रिय रेफ्री हुनुहुन्छ ।

अशोक इन्टरनेसनल पुम्से/डान एक्जामिनर कोर्समा सहभागी हुन अष्ट्रेलियाबाटै दक्षिण कोरिया प्रस्थान गर्नुहुनेछ । विश्व तेक्वान्दोको सर्वोच्च संस्था कुकिवोन, कोरियाको आयोजनामा सो कोर्स जुलाई १२ देखि १४ तारिखसम्म हुँदैछ । सो कोर्स सकिएपछि दक्षिण कोरियामा नै हुने सियोगनाम ओपनमा पनि अशोकले रेफ्रीको भूमिका निर्वाह गर्नुहुनेछ ।

खेलाडी र प्रशिक्षकका रूपमा पनि उत्तिकै सक्रिय अशोक विश्वका विभिन्न स्थानमा भएका ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक बनिसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?