प्रतिनिधिसभाको बैठक बस्दै, आर्थिक विधेयकमाथि छलफल हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा बैठक बिहान ११ बजे बस्न लागेको हो ।

आजको बैठकमा आर्थिक बिद्येयक २०८० माथि छलफल हुनेछ भने सो बिद्येयक माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक बिद्येयक २०८० पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्दै राष्ट्र ऋण उठाउने बिद्येयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुनेछ ।

सो राष्ट« ऋण उठाउने बिद्येयक २०८० माथि प्राप्त संसोधनहरूलाई निणयार्थ प्रस्तुत गरिनेछ भने सो बिद्येयक पारित गरियोस् भन्ने प्रस्ताव पेश हुने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?