थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट हुदै

Read Time = 2 mins

काठमाडौ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आइपीओ यसै साता बाँडफाँट हुने तयारी गरिएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार असार १५ गते प्रि-अलटमेन्ट सम्पन्न भएको र असार १९ गते बाँडफाँटका लागि धितोपत्र बोर्डमा आवेदन दिएको जनाएको छ ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १० लाख ९२ हजार २८९ आवेदकबाट कुल १ करोड १९ लाख ८७ हजार ३०० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा १९.५५ गुणाले बढी हो । मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा भाग्यमानी ६१ हजार ३१६ आवेदकले १०/१० कित्ताका दरले सेयर पाउनेछन् । कम्पनीले गत असार ५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले कु्ल १२ लाख ३१ हजार २५० कित्ता आइपीओ जारी गर्ने अनुमति पाएको थियो । त्यसमध्ये कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख ९२ हजार ५०० कित्ता र सर्वसाधारणस छुट्याइएको कुल कित्ताको १० प्रतिशतले हुन आउने ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ ।

कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याएर बाँकी ६ लाख १३ हजार १६२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?