गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या २७ हजार ३६५ पुग्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या २७ हजार ३६५ पुगेको छ । साथै ६६ हजार ६३० जना घाइते भएका छन् ।

गत २४ घण्टामा इजरायली सेनाले गाजामा १२७ प्यालेस्टाइनी मारेको र १७८ जना घाइते भएको मन्त्रालयका प्रवक्ता अशरफ अल-कद्राले बताउनु भयो ।

अक्टोबर ७, २०२३ देखि इजरायलले दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणको बदला लिन गाजामा हमास बिरुद्ध ठूलो मात्रामा सैन्य आक्रमण गरिरहेको छ । जसमा इजरायली अधिकारीहरूका अनुसार लगभग १ हजार २ सय इजरायलीहरूको ज्यान गएको छ ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?