दोस्रो कर्णाली चलचित्र कार्यशाला हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । दोस्रो कर्णाली चलचित्र कार्यशाला सुरु हुनेभएको छ । केवी इन्टरटेनमेन्ट प्रालि.ले आगामी ५ मंसिरबाट ११ मंसिरसम्म कर्णालीको सुर्खेतमा कार्यशाला आयोजना गर्न लागेको हो । गतवर्ष असारको दोस्रो साता यो कार्यशाला सुर्खेतमै आयोजना गरिएको थियो । पहिलो कार्यशालामा चलचित्र सम्बन्धि वेशिक कोर्ष सिकेका विद्यार्थी र अन्य नयाँ विद्यार्थीहरूलाई यसपटक चलचित्रबारे एडभान्स कोर्षको प्रशिक्षण दिन लागेको आयोजक संस्थाका अध्यक्ष भूपेन्द्रकुमार खड्काले जानकारी गराउनुभयो ।

कार्यशलामा यसपटक चलचित्र विकास बोर्डका अध्यक्ष तथा अग्रज अभिनेता भुवन केसीको मास्टर क्लास हुने भनिएको छ । यस्तै चलचित्र लेखक निर्देशक दयाराम दाहालले चलचित्र निर्माणसम्बन्धी विशेष क्लास रहने जनाइएको छ ।

चलचित्र लेखक/निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले स्कृप्ट लेखन र चलचित्र निर्देशनको प्रयोगात्मकसहितको कक्षा, अभिनेत्री सरिता गिरीले अभिनय सम्बन्धी प्रशिक्षण र छायाँकार पुरुषोत्तम प्रधान एवं निरज कँडेलले छायाँकन सम्बन्धी प्रयोगात्मक प्रशिक्षण, सञ्चारकर्मी तथा मेकअप आर्टिष्ट सरिता भारतीले चलचित्रमा क्यारेक्टर मेकअपको प्रयोगात्मक प्रशिक्षण, सम्पादक प्रितम पाण्डेले चलचित्र सम्पादनसम्बन्धी प्रशिक्षण दिनुहुने आयोजकले जनाएको छ ।

कार्यशालामा सहभागी विद्यार्थीहरूले तीनवटा बृत्तचित्र र तीनवटा लघू चलचित्र निर्माण गर्ने छन् । कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विधार्थीहरूले यो कार्यशालामा भाग लिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?