राष्ट्रियसभामा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत शीर्षकमाथि छलफल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रतिनिधिसभाबाट पारित भइसकेको विनियोजन विधेयक, २०८० माथि राष्ट्रियसभामा छलफल सुरु भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटमाथि छलफल गर्ने सम्भावित कार्यसूची छ ।

यी मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८०–८१ का लागि विनियोजित बजेटमा सांसदहरु इन्दिरादेवी गौतम, भगवती न्यौपाने, सोनाम गेल्जेन शेर्पा, सुमित्रा बिसी र नरपति लुवारले खर्च कटौतीका प्रस्ताव पेस गर्नुभएको छ ।

आजको बैठकमा सांसदहरूले दलितमाथि हुने विभेदको विषय उठाउनुभएको छ । दाङको तुलसीपुरमा दलित विद्यार्थीको जात थाहा पाएपछि घरबेटीले घर निकाला गरेको विषय राष्ट्रियसभामा उठेपछि यसबारे छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिइएको छ ।

“यस विषयमा के भएको हो आवश्यक कारबाही गरी सभालाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउँदछु । अवश्य पनि सरकारबाट जवाफ आउनेछ”, राष्ट्रियसभाको बैठक सञ्चालन गर्नुभएका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभा बैठकमा भन्नुभयो ।

त्यस्तै, राष्ट्रिय सभाको आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यतालिका छ । शिक्षामन्त्री राईले आजको बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्तावसमेत पेस गर्नुहुने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?