हिमाल र उत्पीडित जातिबाट आएका सांसदहरुलाई तेस्रो दर्जाको रुपमा हेरियो : सांसद शेर्पा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय सभा सदस्य सोनाम गेल्जेन शेर्पाले पहुँचवाला मन्त्री र सांसदहरुले आफ्नो क्षेत्रमा मात्रै बजेट पारेका बताउनुभएको छ ।

सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य शेर्पाले पहुँचवाला मन्त्री र सांसदले मात्रै आफ्नो क्षेत्रमा बजेट लाने गरेका बताउनुभएको हो । उहाँले हिमाल, उत्पीडित र पिछडिएका जातिबाट आएका सांसदहरुलाई तेस्रो दर्जाको रुपमा हेरिएको बताउनुभयो । बजेट माग गर्न जाँदा मन्त्रालयका सचिवहरुले बजेट छैन भनेर ढाँट्ने गरेपनि बजेट ल्याउँदा भने ठूल्ठूला नेताहरुको क्षेत्रमा मात्रै हालेको हुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामी ३ स्तरका सांसदहरु रहेछौँ । एउटा पहुँचवाला सांसद, मन्त्री हुने । ठूलै बजेट लाने । एउटा सांसद यसो थर्काएर, बिरोध गरेर पनि अलिअलि पैसा लाने । हामी जस्तो हिमालबाट आएका, उत्पीडित जातिबाट आएका, पछडिएका जातबाट आएकाहरु चाहीँ तेस्रो दर्ताको सांसद पर्दो रहेछौँ । न बजेट लान सक्छ । न केही गर्नसक्छ । सचिवहरुकहाँ गयो । सचिवहरुले पनि ढाँट्ने यसपालि त बजेट नै छैन । किनभने हाम्रा राष्ट्रिय गौरवका आयोजनाहरु बनाउनुपर्छ । हाम्रा नियमित कार्यक्रमहरु छ, त्यसमा लगाउनुपर्छ । अर्थतन्त्र यस्तै छ डामाडोल छ भनेर ढाँटिदिने । अनि हामी सोझो मान्छे, हिमालको मान्छे पत्याइदिने । पत्याएपछि बजेट हे¥यो । मन्त्रीकोमा यति, ठूल्ठूला नेताहरुकोमा यति । अनि हाम्रोमा बजेट नै नहुने ।’

उहाँले बजेट बाँडफाँट हेर्दा देशमा संघीयताको आवश्यकता महशुस भएको बताउनु भयो । उहाँले संघीयताको कारण मात्र प्रदेश र स्थानीय तहमार्फत केही बजेट जान पाएको भन्दै अन्यथा हिमाली क्षेत्रले केही पनि नपाउने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो देशमा संघीयता आवश्यक रहेछ भन्नेकुरा बुझियो यो कुराबाट । केही न केही संघीयताले गर्दाखेरी गाउँपालिकामा बजेट गयो । प्रदेशमा बजेट गयो । त्यो बजेटबाट सिस्टममा हामीले पनि बजेट पायौँ । यो संघीयता पनि नहुने हो भने त हामीले त केही पनि नपाउने रहेछौँ । न यो देशको नागरिक नै गन्ने रहेछौँ ? न यो देशको एउटा क्षेत्र नै गन्ने रहेछौँ ? हामीले केही नपाउने रहेछौँ । त्यसकारण यो देशको लागि अब संघीयता भनेको आवश्यकता हो भन्नेकुरा बजेट बाँडफाँटले पनि देखायो । यो देशमा संघीयता आवश्यकता छ । म जुन ठाउँबाट आएको छु त्यो क्षेत्रका लागि संघीयता आवश्यकता छ । हिमाली क्षेत्रको लागि संघीयता आवश्यक छ ।’

उहाँले समाजबाट नैतिकता हराउँदै गएको भन्दै युवाहरुलाई नैतिक शिक्षा पढाउनु जरुरी रहेको बताउनु भयो । उहाँले विदेशमा काम गर्न जाने युवाहरुलाई सिपमा दक्ष बनाएर मात्रै पठाउनुपर्ने बताउनु भयो । उहाँले राजनीतिक नियुक्तिका पदहरुमा क्षमता अनुसारका व्यक्तिहरु मात्रै नियुक्त गर्नुपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?