गायिका अस्मितालाई ‘छिन्नलता प्रतिभा पुरस्कार

Read Time = 1 min

काठमाडौं । ‘छिन्नलता प्रतिभा पुरस्कार २०७९’ गायिका अस्मिता अधिकारीलाई प्रदान गरिने भएको छ । छिन्नलता गीत पुरस्कार गुठीले यस वर्षको सम्मान अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको हो ।

आफूले पुरस्कार पाउने घोषणा भएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै गायिकाले आफू खुशीले ‘अवाक’ भएको भन्दै लेख्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘नेपाली संगीत जगतको यति ठूलो सम्मान मेरा लागि गीत संगीत क्षेत्रमा अझै अघि बढ्न ठूलो प्रेरणा हुनेछ ।’

नेपाली आइडलको दोस्रो सिजनबाट अधिकारी गीत संगीतमा चम्किनुभएको हो । अस्मिताले स्वर दिएकामध्ये ‘साली मन प¥यो...’, ‘तिम्रो घरको वरिपरि...’, ‘रुमालै चिनो धोइ धोइ...’, ‘माटोको सिन्दूर...’, ‘रमरम मरौटी...’ लगायतका गीत लोकप्रिय छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?