रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि रु ५८ करोड ५६ लाख २७ हजार ९ सय ४७ बजेट सोमबार सम्पन्न नगरसभाबाट सर्बसम्मतीले पारित गरेको छ । गाउँपालीकाको १४ औं गाउँसभाको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले असार १० गते आइतबार नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । सोहिदिन उपाध्यक्ष शान्तादेवी ज्ञवालीले बजेट प्रस्तुत गर्नुभएको थियो।
गाउँसभाको दोस्रो बैठकमा बजेट नीति तथा कार्यक्रम सर्वसम्मतीले पारित गरिएको पालिकाका प्रबक्ता केशब अधिकारीले बताउनु भयो।
बजेटमा गाउपालिकाको तर्फबाट पुँजीगत खर्च तर्फ १० करोड ४८ लाख २७हजार ९ सय ४७ रुपैया र चालु खर्च ८ करोड ९५ लाख विनियोजन गरिएको छ । आर्थिक विकास तर्फको खर्चमा कृषि विकास तर्फ७४, पशु विकास तर्फ ४८लाख, सहकारी विकास तर्फ ३० तिस लाख, स्थानीय विकास कोष (सा. वि. कोष) ९ लाख गरि जम्मा १३ करोड ४१ लाख विनियोजन गरिएको छ ।
सामाजिक विकास तर्फ शिक्षा विकासमा १६करोड ७०लाख, स्वास्थ्य विकास तर्फ ९५लाख४२ हजार,आयुर्वेद विकास तर्फ १४लाख, महिला बालबालिका तथा जेष्ठ नागरिक २०लाख ५०हजार, खानेपानी सरसफाइ तथा स्वच्छता विकास तर्फ ११लाख ५०हजार र पूर्वाधार विकास तर्फ ७ करोड ४०लाख बजेट विनियोजन गरिएको छ।
सुशासन तथा संस्थागत विकास तर्फबाट न्यायिक विकासमा ५५लाख ,सामाजिक सुरक्षा तथा पञ्जीकरण विकास तर्फ ३५ लाख, उद्यम विकास तर्फ ८लाख, रोजगार सेवा केन्द्र तर्फ ४ लाख, सूचना तथा सञ्चार प्रविधि विकास १६ लाख वन, वातावरण तथा विपद् व्यवस्थापन विकास तर्फ ८लाख ४५ हजार ,वडागत बजेट ७करोड रहेको गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले बताउनु भयो ।
गाउँसभाको सभाहलमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले गर्नु भएको थियो । बजेटमाथी शुद्धोधन गाउँपालिका वडा न.२ का वडा अध्यक्ष कमल खडका, वडा सदस्यहरु णमकुमारी पङ्गेनी र भिमबहादुर छहारीले जिज्ञासा राख्नुभएको थियो ।
उपाध्यक्ष शान्तादेवी ज्ञवालीले बजेट सम्बन्धी गाउसभा सभा सदस्यले राखेका जिज्ञासाको सहजीकरण गर्नु भएको थियो । गाउँपलिका अध्यक्ष बस्यालले गत बर्षको भन्दा यस बर्ष ५ करोड बजेट कमी भएको बताउनु भयो। प्रदेश संघ वाट पनि पालिकालाई गत बर्षभन्दा कमी बजेट आएको बताउनु भयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच