कोशी प्रदेशका मुख्यमन्त्रीको आज सपथग्रहण, सानो मन्त्रीमण्डल निमार्ण हुने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

बिराटनगर ।  कोशी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको सपथ लिने हुनुभएको छ ।

सभामुखसहितका मत जोडेर बिहीबार साँझ मुख्यमन्त्री नियुक्ती हुनुभएका थापाले आज सानो मन्त्रीमण्डलसहित पद तथा गोपनियताको सपथ लिन लाग्नुभएको हो ।

कोशी प्रदेश नामाकरण परिवर्तन नहुने पहिलो अभिब्यक्ति दिनुभएका मुख्यमन्त्री थापाले ३० दिन भित्र विश्वासको मत लिने जानकारी पनि गराउनुभएको छ ।

को हुनुहुन्छ नवनियुक्त मुख्यमन्त्री थापा
२०३४ सालमा काठमाडौंको शंकरदेव क्याम्पसबाट नेविसंघको विद्यार्थी राजनीतिबाट कांग्रेसमा प्रवेश गर्नुभएका थापा नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति पनि हुनुहुन्छ ।

२०३५ सालको जनमत संग्रहमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्व लागि उहाँ बहुदलीय व्यवस्थाको पक्षमा सक्रिय हुनुभएको थियो । त्यसयताका बिपी कोइरालाको सुरक्षा दस्तामा समेत रहेर काम गर्नुभएको थियो ।

२०४६ सालमा पञ्चायती व्यवस्था विरुद्वको आन्दोलनमा सक्रिय उहाँ प्रजातन्त्रको पुनः स्थापनापश्चात् नेपाली कांग्रेस अर्जुनधारा गाउँसमितिको सचिवरसभापतिको एकरएक कार्यकाल जिम्मेवारी सम्हाल्नुभएको थियो ।

झापा २ नं क्षेत्रको क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापति हुनुभयो । थापाले वाणिज्य शास्त्रमा स्नातक गर्नुभएको छ । थापा कांग्रेसमा नेता कृष्णप्रसाद सिटौलानिकट मानिनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?