लम्पी स्किन रोगबाट पीडित किसानलाई अब छिट्टै राहत वितरण हुन्छः कृषिमन्त्री

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत दिने काममा ढिलाई भएको स्वीकार गर्नुभएको छ ।

मन्त्री भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत दिने मापदण्ड तयार पारी सहमतिका लागि गृह र अर्थ मन्त्रालयमा पठाइएको उल्लेख गर्दै अब त्यसमा ढिलाई नहुने आश्वासन समेत दिनुभयो । आईतवार सिंहदरबारमा मन्त्रालयको कामकारवाहीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो राहत उपलब्ध गराउनका लागि आफूले गृह र अर्थ मन्त्रालयलाई बारम्बार ताकेता गरेको र सो काम छिट्टै गर्ने पक्षमा सरकार रहेको समेत बताउनु भयो । उहाँले सो रोग नियन्त्रणका लागि खोप खरिद गर्ने काम शुरु गरिएको र त्यसलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको पनि बताउनु भयो ।

मन्त्री भुसालले भन्नुभयो, ‘लम्पी स्किन राहत मापदण्डमा चाहीँ अब गृह र अर्थको अलि आनाकानी हो कि भन्ने यहाँहरुको जुन जिज्ञासा छ । अव त्यसमा चाहीँ त्यत्तिधेरै भएको छैन । हामीले पठाएको पनि त्यतिधेरै भएको छैन । तर पनि हाम्रा प्रक्रियाहरु अलि लम्बेतान नै छन । त्यो चाहीँ स्वीकार गर्नुपर्छ । मैले त्यो बारम्बार भन्ने गरेको पनि छु । हाम्रो काम गर्ने तरिका चाहीँ अलि ढिलाढाला नै छ । त्यसले गर्दा जुन तिब्र रफ्तारमा हुनुपर्दथ्यो, त्यो चाँही अझै हुन सकेको छैन । त्यसलाई हामीले स्वीकार गर्नुपर्छ । तर, हामी ताकेतामा नै छौं । ताकेता बारम्बार गरिरहेका छौं । मैले हिजै मात्रै पनि छिटो गरौँ भनेको छु । यसलाई छिट्टै गर्ने पक्षमा हामी छौं । हामी यसमा प्रयत्नशील छौं ।’

मन्त्री भुसालले रासायनिक मलको अभाव पनि नभएको दाबी गर्नुभयो । शुरुमा वितरणमा केही समस्या भएपनि अहिले किसानले रासायनिक मलको समस्या झेल्नु नपरेको उहाँको भनाई थियो । मन्त्री भुसालले सरकारले कृषिमा खेतीवाली उत्पादन वृद्धिमा जोड दिएको दोहो¥याउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?