बैतडी । बैतडीका ६ वडा मध्ये ३ वडामा नेकपा एमाले र ३ वडामा नेपाली कांग्रेस विजयी भएको छ । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका विष्णु भट्ट विजयी हुनुभएको छ ।
भट्ट निवर्तमान वडाध्यक्ष नेपाली कांग्रेसका भुवनराज भट्टलाई २४ मतले पराजित गर्दै विजयी हुनुभएको हो। विष्णुले ८ सय १४ मत प्राप्तगर्नुभयो। यस्तै भुवनले ७ सय ९० मत ल्याउनु भयो ।
पराजित भुवन नेपाली कांग्रेसका नगर सभापतिसमेत हुनु हो ।
यसैगरी दशरथचन्द नगरपालिका वडा नम्बर ११ मा नेकपा एमालेका जयदत्त पन्त प्यानलसहित विजयी हुुनुभएको छ ।
जिल्लाको सुरनया गाउँपालिका वडा नम्बर १मा नेकपा एमालेका धनबहादुर चन्द विजयी हुनुभएको हो ।
यस्तै जिल्लाका ३ वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । पुर्चौडी नगरपालिका वडा नम्बर १० मा कांग्रेसका हिक्मत विष्ट विजयी हुनु भयो । सिगास गाउँपालिका १ मा कांग्रेसकै रामचन्द्र ऐरी विजयी हुनु भयो ।
त्यसैगरी जिल्लाको शिवनाथ गाउँपालिका १ मा कांग्रेसका बल्देब सिंह चाड विजयी हुनुभएको छ ।
८४ वडा रहेको बैतडीका अन्य वडाको मत परिणाम आउन बाँकी रहेको छ ।
सीपी लोहिया/न्युज कारखाना
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :