यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३१ रूपैयाँ ७२ पैसा र बिक्री दर १३२ रूपैयाँ ३२ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ४० पैसा र बिक्री दर १४४ रूपैयाँ ०६ पैसा रहेको छ।

हिजो अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ २७ पैसा र बिक्री दर १३१ रूपैयाँ ८७ पैसामा कारोबार भएको थियो भने युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ८० पैसा र बिक्री दर १४३ रूपैयाँ ४५ पैसामा खरिद बिक्री भएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ २० पैसा र बिक्री दर १६८ रूपैयाँ ९७ पैसामा कारोबार गर्ने अनुमति दिएको राष्ट्र बैंकले अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६२ पैसा तोकेको छ ।

उता जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १६ पैसा र बिक्रीदर ९ रुपैयाँ २० पैसामा तथा दक्षिण कोरिया १०० को खरिदमा १० रूपैयाँ ११ पैसा र बिक्रीदर १० रूपैयाँ १५ पैसामा कारोबार हुनेछ ।

साथै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १५ पैसा र बिक्री दर ३६ रूपैयाँ ३१ पैसा रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.११ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.२७ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३८ रुपैयाँमा कारोबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?