ख्वपले जेठमा तेस्रो राष्ट्रिय सम्मेलन गर्ने

Read Time = 2 mins

काठमाडौं । ख्वप कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा जेठ १३ र १४ गते तेस्रो राष्ट्रिय सम्मेलन हुने भएको छ । व्यवस्थापन, विज्ञान, मानविकी र शिक्षालगायतका अन्य संकायमा अध्ययनरत विद्यार्थीबीच खोज र अनुसन्धान प्रवद्र्धन गर्नु सम्मेलनको उद्देश्य रहेको कलेजले जनाएको छ ।

सम्मेलनमा सम्बन्धित विषयका विज्ञद्वारा समकालीन खोज र अध्ययन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । गत वर्षको सम्मेलनमा विभिन्न १३ शैक्षिक संस्थाका ३९ भन्दा बढी विद्यार्थीले आफ्नो अनुसन्धानको निष्कर्ष प्रस्तुतीकरण गरेका थिए भने दुई सयभन्दा बढीको सहभागिता रहेको थियो । यस वर्ष ५० जनाभन्दा बढी विद्यार्थीले आफ्नो अनुसन्धानको निष्कर्ष प्रस्तुत गर्ने अनुमान छ ।

सम्मेलनमा सहभागी हुन वैशाख ३१ सम्ममा सहभागीले आफ्नो निष्कर्ष पेश गरिसक्नुपर्ने कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले बताउनुभएको छ । सम्मेलनमा प्रस्तुत गरिएका अनुसन्धानमूलक लेख कलेजको ‘ख्वप जर्नल’ मा प्रकाशित गरिने कलेजले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?