काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को स्ववियु काउन्सिलको तेस्रो भेलाले केन्द्रीय संयोजकको रुपमा रेसमलाल श्रेष्ठलाई सर्वसहमत निर्वाचित गरेको छ । श्रेष्ठ सानोठिमि क्याम्पस भक्तपुरका स्ववियु सभापति हुनु हो ।
भेलामा देशभरबाट अखिल (क्रान्तिकारी) बाट गत चैतमा सम्पन्न स्ववियु निर्वाचितमा निर्वाचित पदाधिकारी, स्ववियू सदस्य र जिल्ला अध्यक्षहरु सहभागीता रहेको थियो ।
अखिल (क्रान्तिकारी) ले ८३ वटा क्याम्पसमा स्ववियू सभापति, ३२४ वटामा पदाधिकारी र ५२६ वटामा सदस्यसहित ८५० भन्दा बढी स्थानमा जित हासिल गरेको थियो ।
भेलालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव बर्षमान पुन, जनार्दन शर्मा लगायतले सम्बोधन गर्नुभएको थियो । भेलाले राजनैतिक प्रतिवेदन तथा विधान व्यापक छलफलसहित पारित गरेको थियो ।
असार २० र २१ गते काठमाडौ, किर्तिपुरमा चलेको भेलाले सहसंयोजकमा सितल क्याम्पस, चौरजहारी रुकुमका अध्यक्ष निरन्जन केसी, सचिवमा मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष छोइसाङ लामा सहित ५७ सदस्यीय केन्द्रिय समिति सर्वसम्मत निर्वाचित गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच