नेदरल्याण्ड १२ वर्षपछि विश्वकप

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । आइसीसी विश्वकप छनोटमा स्कटल्याण्डलाई चार विकेटले हराउँदै नेदरल्याण्ड्सले १३ वर्षपछि आइसीसी एक दिवसीय विश्वकपमा स्थान बनाएको छ । समान ६ अंक भए पनि नेदरल्याण्ड्सले नेटरनरेटको कारण जिम्बावे र स्कटल्याण्डलाई पछि पार्दै विश्वकपमा स्थान बनाएको हो । नेदरल्याण्ड्स २०११ पछि पहिलो पटक विश्वकपमा पुगेको हो ।

जितको लागि स्कटल्याण्डले दिएको २७८ रनको लक्ष्य नेदरल्याण्ड्सले ४२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । विश्वकपमा पुग्न उक्त लक्ष्य ४४ ओभरभित्र पूरा गर्नुपर्ने थियो । तर सात बलअघि नै पूरा गर्दै विश्वकपमा स्थान बनायो । विश्वकपमा पुग्न अन्तिम २४ बलमा ४५ रन चाहिँएको थियो । ४१औं ओभरमा स्पिनर मार्क वाटलाई तीन छक्कासहित कुल २२ रन जोडेपछि नेदरल्याण्ड्सले विश्वकपमा स्थान बनाउने भएको हो ।

नेदरल्याण्ड्सको जितमा बास डि लिडेले ९२ बलमा सात चौका र पाँच छक्कासहित १२३ रनको सानदार शतकीय इनिङ खेल्नुभयो । त्यस्तै सकिब जुलफिकर ३२ बलमा ३ चौका र एक छक्कासहित३३ रनमा नट आउट रहे । छैटौं विकेटका लागि लिडे र जुलफिकरले ६९ बलमा ११३ रनको सानदार शतकीय साझेदारीका साथ विश्वकपमा स्थान पक्का गराउनुभयो ।

वेस्ली ब्यारेसी ११ र तेजा निडामानिरुले १० रन बनाए । एक समय नेदरल्याण्ड्स २३.३ ओभरमा १०८-४ को अवस्थामा थियो । पाँचौं विकेटका लागि कप्तान स्कट एडवार्ड्स र बास डी लिडेले ४५ बलमा ५५ रनको महत्वपूर्ण साझेदारी गर्नुभएको थियो ।

स्कटल्याण्डका माइकल लिस्कले सर्वाधिक दुई विकेट लिनुभयो । ब्रेन्डन म्याकमुलेन, मार्कवाट र क्रिस ग्रेभ्सले एक-एक विकेट लिनुभयो । त्यसअघि जिम्बावेको क्विन्स स्पोर्ट्स क्लब बुलावायोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २७७ रन बनाएको थियो ।

स्कटल्याण्डका ब्रेण्डन म्याकमुलेनले ११० बलमा ११ चौका र ३ छक्कासहित १०६ रनको सानदार शतकीय इनिङ खेल्नुभयो । कप्तान रिची बंरिंग्टन ८४ बलमा तीन चौका र दुई छक्कासहित ६४ रनमा आउट हुनुभयो । टम मार्किन्टस २८ बलमा पाँच चौकासहित ३८ रनमा नट आउट रहनुभयो ।

ओपनर क्रिस म्याकब्राइड ३२, म्याथ्यु क्रस डक, जर्ज मुन्शे नौ, माइकल लिस्क एक र क्रिस ग्रेभ्स १८ रनमा आउट हुनुभयो । नेदरल्याण्ड्सको जितमा तीव्र गतिका बलर बास डी लिडेले १० ओभरमा ५२ रन खर्चेर पाँच विकेट लिनुभयो । रायन केलिनले दुई र लोगन भान विकले एक विकेट लिनुभयो । विश्वकप छनोटबाट श्रीलंका र नेदरल्याण्ड्स विश्वकपमा पुगेका छन् ।

नेदरल्याण्ड् आफ्ना पहिलो रोजाइको प्लेइङ-११ का प्रमुख आठ खेलाडीविनै विश्वकप छनोट खेल्न जिम्बावे पुगेको थियो । नेदरल्याण्ड्सका मध्यक्रमका भरपर्दा ब्याटर टम कुपर, कोलिन एकरम्यान, तीव्र गतिका बलिङ अलराउण्डर पल भान मार्केन, फर्द क्लासेन, ब्रेण्डन ग्लोभर, टिम भान डर गुर्टेन, शेन स्नेटर र रोलेफ भान मर्वे नेदरल्याण्ड्सको टोलीमा थिएनन् । खेलाडीहरू विभिन्न प्रतियोगितामा सहभागिता जनाएका कारण टोलीमा नभएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?