सुवर्णको ‘प्यारो जीवन साथी’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 2 mins

ललितपुर । गायिका सुवर्ण सुवेदी नकर्मीको स्वरमा रहेको गीत ‘प्यारो जीवन साथी’को लोकार्पण गरिएको छ । ललितपुरमा एक विशेष समारोहबीच विशिष्ट कलाकार मदनकृष्णको प्रमुख आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो ।

चाँदनी सुवेदी बोल्टोलको प्रस्तुति रहेको गीतलाई वरिष्ठ गीतकार बालकृष्ण सजीवले लेख्नुभएको हो । जसमा वरिष्ठ संगीतकार राजु सिंहको संगीत रहेको छ । चाँद सिंहको संगीत संयोजन रहेको गीतमा गोविन्द सोनीको मिक्सिङ/माष्टरिङ रहेको छ भने एसबी मुस्कानको रेकर्डिङ छ । जसकेलो क्रियशनले निर्माण गरेको गीतको भिडियोमा धन खालिङको छायांकन/सम्पादन, श्री थापाको लाइट र अप्सरा चाम्लिङको मेकअप रहेको छ ।

अर्जुनबहादुर सुवेदीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अतिथिहरूले नयाँ गीतका लागि गायिका सुवर्णलाई बधाई तथा शुभकामना दिएका थिए । भजन गायनमा आफूलाई संलग्न गराउँदै आउनुभएकी सुवर्णले धेरै गीत गाएको भए पनि उहाँको यो औपचारिकरूपमा पहिलो गीत सार्वजनिक भएको हो ।

सुरजवीरु बज्राचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा राजु सिंह, बालकृष्ण सजीव, संगीतकार मनराजा नकर्मी, मदनकृष्ण श्रेष्ठ, उमा श्रेष्ठ ‘हिमा’ लगायतले आ-आफ्नो भनाइ राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?