कोशी सरकारविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कोशी सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ ।

निवर्तमान मुख्यमन्त्री एवम् कोशी प्रदेश नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बिहीबार संविधानविपरीत मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै शुक्रबार रिट दर्ता गराउनुभएको थियो ।

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त हुनुभएको छ । नियुक्तिविरुद्ध एमाले सर्वोच्चमा पुगेको हो । उक्त रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

कोसीका प्रदेश प्रमुख पर्शुराम खापुङ, प्रदेश प्रमुखको कार्यालय कोसी प्रदेश, मुख्यमन्त्री उद्धव थापा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोसी प्रदेश र प्रदेशका सभामुख बाबुराम गौतमलाई विपक्षी बनाउँदै रिट दायर गरेका छन् ।

निवर्तमान मुख्यमन्त्री कार्कीले असंवैधानिक रूपमा नियुक्त हुनुभएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि परमादेशको माग गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?