नेपालमा युरोप र अमेरिकाको चासो बढ्दै गएको छ : सांसद खड्का

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेसका सांसद एवं पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले देशको राजनीति परिस्थिति सुदृढ नभइ परराष्ट्र नीति बलियो हुन नसक्ने बताउनुभएको छ ।

सोमवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको राजनीति स्थायी नभएसम्म परराष्ट्र सम्बन्ध बलियो हुन नसक्ने बताउनु भयो ।

उहाँले राष्ट्रिय एकताको रुपमा परराष्ट्र नीतिहरु अघि बढाउन जरुरी रहेको बताउनु भयो । उहाँले पररराष्ट्र मन्त्रालयले प्रत्येक दुई हप्तामा परराष्ट्र सम्बन्धित गतिविधिलाई जानकारी गराउनुपर्ने बताउनु भयो । उहाँले नेपालमा युरोप र अमरिकाको चासो बढीरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले अहिले परराष्ट्र नीति जतिसुकै बनाउने कोशिस गरेपनि हाम्रो घरको राजनीतिक परिस्थिति जबसम्म राम्रो हुँदैन, स्थायी हुँदैन, तबसम्म हामीले जतिसुकै ठूला कुरा गरेपनि राम्रो बन्न सक्दैन । यसलाई हामीले राष्ट्रिय एकताको रुपमा हाम्रा नीतिहरु अघि बढाउनुपर्छ । म मन्त्री हुँदा प्रेसका लागि प्रेस मिट हरेक दुई हप्तामा गर्दथेँ, अहिले के छ ? त्यसको अवस्था । नेपालमा युरोप र अमरिकाको चासो भयंकर बढीरहेको छ । त्यसलाई कसरी भारत र चीनसँग समस्या नपर्ने गरी अघि बढाउने ? त्यो बारेमा सोच्नुपर्छ ।’

सांसद खड्काले छिमेकी देशहरु चीन र भारतसँग सम्बन्ध नबिगारीकन अन्य देशहरुसँगको सम्बन्ध बिस्तार गर्नुपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?