रघुजी पन्तको प्रश्न : संसदमा उभिएर प्रधानमन्त्रीको रुपमा बोल्नु नहुने कुरा बोलेँ पनि भन्ने अनि प्रधानमन्त्री छोड्दिन भन्ने ?

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं ।  नेकपा एमालेका नेता रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अभिव्यक्ति गलत थियो भनेर स्वीकारेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएको छ ।

सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका सांसद पन्तले प्रधानमन्त्रीले प्रधानमन्त्रीका हैसियतले सो अभिव्यक्ति दिनु आफ्नो कमजोरी भयो भनिसकेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनु भयो ।

उहाँले गल्ती गर्ने र स्वीकार गरिसकेपछि पुनः प्रधानमन्त्री भइरहन नैतिकताले नदिने बताउनु भयो । उहाँले प्रधानमन्त्रीले संसदमा दिएको उत्तर पनि चित्तबुझ्दो नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको उत्तर लामो गन्थन, आफ्नो छोरीको विभिन्न घटनाको सम्झना गर्नुभयो । तर राजनीतिक रुपमा दिएको उत्तर चित्तबुझ्दो थिएन । हामीले मागेको राजीनामा पनि नैतिकताका आधारमा नै हो । प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कुरामा म कन्भिन्स छु । म अहिले पनि कायम छु, बहुमत छ, प्रतिपक्षले माग्दैमा राजीनामा दिने हो भने गलत नजिर बस्छ भन्नुभयो, प्रतिपक्षले बिना आधार राजिनामा माग्दैन । उहाँले संसदमा उभिएर प्रधानमन्त्रीको रुपमा बोल्नु नहुने कुरा बोलेँ भन्ने अनि कसरी प्रधानमन्त्री छोड्दिन भन्न मिल्छ ? हाम्रो विजयी भयो, नैतिक रुपले हामीले आफ्ना कुरा स्थापित गरेका छौँ । उहाँले गल्ती स्वीकारेपछि उहाँ नैतिक रुपमा प्रधानमन्त्रीमा बस्नु हुँदैन ।’

सांसद पन्तले गल्ती स्वीकारेपछि नैतिक रुपमा प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?