लण्डन । घरेलु टोली इंग्ल्याण्डले विश्व चर्चित द एसेज सिरिजको तेस्रो खेलमा अष्ट्रेलियामाथि तीन विकेटको जित हात पारेको छ । जितका लागि २५१ रनको मध्यम लक्ष्य पछ्याएको इंग्ल्याण्डले चौथो दिन दोस्रो सेसनमा पूरा गर्यो । योसँगै पाँच टेस्ट खेलको सिरिजलाई इंग्ल्याण्डले २-१ को स्थितिमा ल्याएको छ ।
इंग्ल्याण्डको जितमा क्रिस वोक्स ४७ बलमा ४ चौकासहित ३२ र मार्क वुड १६ रनमा अविजित रहनुभयो । छैटौँ विकेटका लागि हृयारी बु्रक र क्रिस वोक्सले ५९ रनको साझेदारी गर्दै जितको आधार तय गर्नुभएको थियो । हृयारी ब्रुक ९३ बलमा नौ चौकासहित सर्वाधिक ७५ रनमा आउट हुनुभयो । ओपनर ज्याक क्रली ४४, बेन डकेट ३३, मोइन अली पाँच, जो रुट २१, बेन स्टोक्स १३ र जोनी बेयरस्टो पाँच रनमा आउट हुनुभयो ।
अष्ट्रेलियाका मिचेल स्टार्कले पाँच विकेट लिनुभए पनि जिताउन सक्नुभएन । अष्ट्रेलिया दोस्रो इनिङमा २२४ रनमै अल आउट भएपछि मध्यम लक्ष्य दिएको थियो ।
पहिलो इनिङमा अष्ट्रेलियाले २६ रनको अग्रता लिएको थियो । अष्ट्रेलियाका ट्रर्विस हेडले ११२ बलमा सात चौका र तीन छक्कासहित सर्वाधिक ७७ रन बनाउनुभयो । अन्य कुनै पनि अष्ट्रेलियन ब्याटरले अर्धशतकीय इनिङसमेत खेल्न सकेनन् । चौथो खेल १९ जुलाईदेखि म्यानचेस्टरमा सुरु हुनेछ । अन्तिम टेस्ट २७ जुलाईदेखि द ओभलमा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच