हिमालयनद्वारा १० लाख बिमा दाबी भुक्तानी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हिमालयन बैंकले बैंकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बिमा सुविधाअन्तर्गत १० लाख दुर्घटना मृत्यु बिमा दाबी रकम भुक्तानी गरेको छ ।

बैंकका खातावाला स्वर्गीय ईश्वर गुरागाईको दुर्घटनामा परी असामयिक निधन भएकाले उहाँकी पत्नी विमला गुरागाईलाई सो रकम बैंकका बनेपा शाखाका शाखा प्रबन्धक सूर्योदय प्रजापतीले शाखाका अन्य कर्मचारीबीच हस्तान्तरण गर्नुभएको थियो । बैंकले उक्त खाता योजनामा हिमालयन एभरेष्ट इन्स्योरेन्ससँग खातावालाको दुर्घटना मृत्यु बिमा खरिद गरेको हो ।

हाल हिमालयन बैंकले विशेष तलबी खाता र नारी बचत खाता योजनामा १० लाखसम्मको दुर्घटना मृत्यु बिमा सुविधा प्रदान गर्दै आएको छ भने अन्य बचत योजनामा पाँच लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बिमा सुविधा प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?