इन्टलेक्च्यूअलमा एसईई २०७९ मा उत्तिर्ण विद्यार्थीलाई सम्मान

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । इन्टलेक्च्यूअल एकेडेमी बुटवल ११ कालिकानगरमा एसईई २०७९ मा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

मंगलबार आयोजित सम्मान कार्यक्रममा स्कुल व्यवस्थापन समितिका संस्थापक अध्यक्ष डा.कृष्ण खरेल, स्कुलका अध्यक्ष गोविन्द प्रसाद मरासिनी, संचालक रामराज पोख्रेलले विद्यार्थीहरुलाई सम्मान गर्नुभएको थियो ।

एसइईमा सहभागी २५ जना मध्ये २ जना एप्लस ७ जना ए ,६ जना बिप्लस, ४ जना बि र ६ जनाले सिप्लस ल्याएका थिए । सो अवसरमा अंग्रेजी, गणित, कम्प्युटर, स्वास्थ्य तथा शारिरिक शिक्षा लगाएतका विषयमा ४ जिपिए ल्याउने १२ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको थियो भने अन्य विद्यार्थीहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । सो अवसरमा उत्कृष्ट ४ जना शिक्षकहरुलाई पनि नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

स्कुल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद मरासिनीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा संस्थापक अध्यक्ष डा. कृष्ण खरेलले सिकाई जीवनका लागि हुनुपर्ने भएकाले धेरै अंक प्राप्त गर्ने हौसिने र कम अंक प्राप्त गर्ने निरुत्साहित हुन नहुने भन्दै मेहनत गर्न छोड्न नहुने धारणा राख्नु भएको थियो ।

सो अवसरमा स्कुलका संचालक रामराज पोख्रेलले वर्षभरिको पढाईलाई तीन घण्टे परिक्षाले विद्यार्थीको यथार्थ मुल्याङ्कन नहुने हुदा खास मुल्याङ्कन विद्यार्थीले सिकेको सिपबाट हुने बताउनुभयो । स्कुलका कोर्डिनेटर मित्रजन भण्डारीको संचालन तथा कोर्डिनेटर माया पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा एसइई २०७९ का विद्यार्थी सजना थापाले आफनो धारणा राख्नु भएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?