दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सिता दाहालको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा पुगेर उहाँहरुले स्वर्गीय दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । दाहालको उपचारका क्रममा आज विहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पनि पेरिसडाँडा पुगी श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै नेकपा ९एमाले०का उपाध्यक्षहरु सुवास नेम्वाङ्ग र विष्णुप्रसाद पौडेल, सचिव योगेश भट्टराईले पनि श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले श्रद्धाञ्जली अर्पण गुर्नभएको छ भने नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पनि पेरिसडाँडा पुगेर श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

त्यसैगरी, नेकपा (माले) का महासचिव सिपी मैनाली, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र सोहि पार्टीका पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा तथा नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष अध्यक्ष मोहन बैद्यले पनि श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । हाल विभिन्न पार्टीका नेता तथा शुभचिन्तकहरु श्रद्धाञ्जली अर्पणका लागि पेरिसडाँडा पुग्ने क्रम जारी छ

स्वर्गीय दाहाल माओवादी केन्द्रका सल्लाहकार समेत हुनुहुन्थ्यो । उहाँ लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?