चन्द्रमाको अध्ययनका लागि यान पठाउँदै भारत

हिमालय टाइम्स
Read Time = 1 min

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले चन्द्रमाको अध्ययनका लागि शुक्रबार प्रक्षेपण हुने चन्द्रयान-३ मिसनअघि सम्पूर्ण प्रक्रियाको पूर्व अभ्यास पूरा गरेको छ । इसरोले ट्वीटरमा एक पोस्टमा यो जानकारी दिएको हो । पोस्टमा इसरोले लेखेको छ, ‘चन्द्रयान–३ मिशनः यसको प्रक्षेपणको लागि सम्पूर्ण तयारी र २४ घण्टा लामो ‘लान्च रिहर्सल’ प्रक्रिया पूरा भयो ।’

इसरोले चन्द्रयान-३ लाई १४ जुलाई दिउँसो २ः३५ बजे चन्द्रमामा पठाउने घोषणा गरेको थियो । इसरोको प्रारम्भिक दुई मिशनपछि यो तेस्रो प्रयास हो । यसलाई चन्द्रयान-२ को फलोअप मिशनको रूपमा हेरिएको छ । यस मिसनमा चन्द्रमाको सतहमा सफ्ट ल्याण्डिङको प्रयास गरिनेछ ।

यो सफलता तीन देश रुस, अमेरिका र चीनले मात्र हासिल गरेका छन् । इसरोले आफ्नो पहिलो सूर्य मिशन आदित्य-एलवानको पनि घोषणा गरेको थियो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?