कोरम नपुगेपछि पूर्वाधार विकास समितिको बैठक स्थगित

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सांसदहरु अनुपस्थित भएपछि कोरम नपुग्दा बिहीवारका लागि बोलाइएको संसदीय समितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको पूर्वाधार विकास समितिको बैठकमा मेलम्ची खानेपानी आयोजनाका बारेमा छलफल गर्ने कार्यसूचि रहेको थियो । तर समिति सञ्चालनका लागि आवश्यक पर्ने सदस्य नै अनुपस्थित भएपछि समितिको आजको बैठक बस्न सकेन ।

समितिको बैठक बस्न समितिमा रहेका कुल सदस्यमध्ये ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ ।

यसअनुसार पूर्वाधार समितिको बैठक बस्न १४ जना सांसद आवश्यक पर्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?