काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक शुरु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक शुरु भएको छ ।

आईतवार संसदभवनस्थित ल्होत्से हलमा काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक बसेको हो । बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, नेताहरु डा.शशांक कोईराला, रमेश लेखक, जीवन परियार, डा. नारायण खड्कालगायतका नेताहरुको उपस्थिति रहेको छ ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिने विश्वासको मतका बारेमा छलफल गर्ने बताइएको छ । काँग्रेस केन्द्रिय सम्पादन समितिको बैठक सके लगत्तै आज नै संसदीय दलको बैठक बस्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?