मधेश प्रदेशका आठवटै जिल्लामा जसपाको विस्तारित बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिका आठवटै जिल्लामा आज (आइतबार) विस्तारित बैठक बस्दै छ ।

पार्टी विस्तार तथा सुदृढिकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान गरिएको हो । भदौ ११ गतेको मधेस प्रदेश कार्यकारिणी समितिको बैठकले प्रदेशका सबै जिल्लामा आज विस्तारित बैठक राख्ने निर्णय गरेको थियो ।

विस्तारित बैठकको सहजीकरणका लागि प्रदेश बैठकले प्रदेश कार्यकारिणी समितिका पदाधिकारीहरूलाई जिम्मेवारी तोकेको छ । जसअनुसार सप्तरी जिल्लामा दिनेशकुमार यादव र शैलेशकुमार साह, सिरहामा रामसेवक यादव र रेणु यादव, धनुषामा ज्ञानेन्द्रकुमार यादव, अरुणकुमार देव र युसुफ अली, महोत्तरीमा निर्मलाकुमारी यादव र जितेन्द्रकुमार यादवले जिम्मेवारी पाउनुभएको छ ।

त्यस्तै, सर्लाहीमा रामपृत पासवान र नीराकुमारी साह, रौतहटमा रामबाबुकुमार यादव र पुनीत राम, बारामा बृजमोहन तिवारी र पर्सामा सुशिलकुमार यादवलाई तोकिएको जसपाले जनाएको छ ।

बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरू, प्रदेश समितिका नेताहरू, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू, पालिका समितिका पदाधिकारीहरू, निर्वाचित जनप्रतिनिधिहरू, भ्रातृसंगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारीहरूलाई उपस्थित हुन भनिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?