सिएनआइद्धारा रास्वपा अध्यक्षसँग छलफल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआइ)का नवनिर्वाचित पदाधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच अर्थतन्त्रका विषयमा छलफल भएको छ । अध्यक्ष अग्रवालले सबै राजनीतिक दलले अर्थतन्त्रलाई मुख्य प्राथमकितामा राख्नुपर्ने बताउँदै अर्थतन्त्र अप्ठ्यारो स्थितिमा रहेकाले बजारलाई चलायमान गराउने नीतिको आवश्यकता औल्याउनुभयो ।

उहाँले सबै दलले आर्थिक विषयलाई प्राथमिकतामा राख्दै प्रभावकारी बजेट कार्यान्वयन गराउनुपर्नेमा जोड दिनुभयो । बजेटको प्रभावकारी कार्यान्वयनमा रचनात्मक सहयोग गर्ने उद्देश्यले निजी क्षेत्रतर्फबाट सिएनआइले सुरु गरेको बजेट वाचका विषयमा पनि उहाँले जानकारी गराउनुभयो ।

अध्यक्ष अग्रवालले भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत आयोजनाको पीपीए खुला गरिनुपर्ने, सार्वजनिक निजी साँझेदारी (पीपीपी) मोडलमा पूर्वाधार विकास गरिनुपर्ने, सूचना प्रविधि, सीप विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।

भूतप्रभावी हुने गरी कर लगाउँदा स्वदेशी एवं विदेशी लगानीकर्ताबीच नराम्रो सन्देश जानेतर्फ सचेत बन्नुपर्ने उहाँले बताउनुभयो । साथै उद्योगी व्यवसायीलाई उधारो उठाउन सहजीकरण गर्न उधारो उठाउने ऐन, अग्रिम जमानत कानूनको आवश्यकता रहेको पनि अग्रवालले औल्याउनुभयो ।

सभापति लामिछानेले अर्थतन्त्र बलियो बनाउन निजी क्षेत्र बलियो बन्नुपर्ने भन्दै निजी क्षेत्रलाई देशको नीतिले संरक्षण गर्नुपर्ने र योजना बनाउनेदेखि कार्यान्वयन तहसम्म निजी क्षेत्रको संस्थागत प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो । उहाँले सरकार, राजनीतिक दलले गर्नुपर्ने काम सिएनआइले सुरु गरेको भन्दै बजेट कार्यान्वयन मार्गचित्र ‘बजेट वाच’ का लागि धन्यवाद दिनुभयो ।

सो अवसरमा उपाध्यक्ष विरेन्द्रराज पाण्डे, अमित मोर, परिसंघ गभर्निङ काउन्सिल सदस्य शशिकान्त अग्रवाल, पदाधिकारीमा स्थायी आमन्त्रित सदस्य छायाँ शर्मा, परिसंघ युवा उद्यमी मञ्चकी अध्यक्ष प्राची अग्रवाल, परिसंघका महानिर्देशक दिपकराज जोशीलगायत हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?