बर्दिया । क्रान्तिकारी कम्युनिष्ट पार्टि नेपालका कर्णाली प्रदेश इन्चार्ज दीपक चलाउनेले जनयुद्धका सहिदहरुको सपना पुरा नभएको भन्दै सो अभियानमा आफुहरु लागी परेको बताउनु भएको छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टि नेपाल बर्दियाको एकता अधिवेशन तथा प्रशिक्षण बैठकको उद्घाटन समारोहमा बोल्दै कार्यालय सचिव समेत रहेका चलाउनेले यो अवस्था र व्यवस्थाको विरुद्धमा आम जनमानसको आक्रोस वढिरहेको दावि गर्दै जनताको मागअनुसार आफुहरुले योजना बनाइरहेको समेत बताउनु भयो । यसै गरी क्रान्तिकारी कम्युनिष्ट पार्टि नेपाल बाँकेका इन्चार्ज दिपक शाहिले क्रान्ति अझै पुरा नभएको हुँदा फेरी एक पटक जुर्मुराउनु पर्ने बेला आएको बताउनु भयो ।
एकता अधिवेशनले जिल्ला कमिटि गठन गरेको छ जसमा संयोजक डिलमान केसीसहित ५४ जना रहेका छन् भने जिल्ला इन्चार्ज विष्णु परियार शक्तिलाई चयन गरिएको सो पाटिले जनाएको छ । साथै भेलाले कार्य विभाजन तथा संर्घषका कार्यक्रम पनि तय गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच