रुपन्देही ‘पूर्ण खोप दिगोपना सुनिश्चितता’ जिल्ला घोषणा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 7 mins

रुपन्देही । रुपन्देहीलाई ‘पूर्ण खोप दिगोपना सुनिश्चितता’ जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समिति रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको राष्ट्रिय खोप कार्यक्रम पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणसभामा उक्त घोषणा गरिएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले रुपन्देहीलाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गर्नु भएको हो ।

पूर्ण खोप जिल्ला सुनिश्चित गर्ने राष्ट्रिय निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरी रुपन्देही जिल्लालाई आर्थिक वर्ष २०७९/८० मा १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्रमा पाउनुपर्ने पूर्ण खोप पाएको सुनिश्चित गरिएको हुँदा रुपन्देहीलाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समिति रुपन्देहीले जनाएको छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले विगतको समयमा महामारीको रुपमा आउने सरुवा रोगलाई खोपको माध्यमबाट केही छिटपुट घटनाबाहेक पूर्ण रुपमा अन्त्य गरिएको वताउनु भयो । उहाले महामारीबाट मृत्यु हुनेको संख्या अत्यन्तै न्यून रहेको बताउनु भयो । मन्त्री खनालले पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गर्न खट्ने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका धन्यवादको पात्र भएको बताउनु भयो ।

उहाले भने, ‘सीमित बजेटका कारण स्वास्थ्य क्षेत्रमा अपेक्षित काम गर्न सकिएको छैन । सीमित स्रोतसाधन, बजेट र जनशक्तिका बाबजुद कसरी जनतालाई सेवा पुर्याउन सकिन्छ भन्नेतर्फ केन्द्रीत भएका छौं । ’ मन्त्री खनालले महिला स्वास्थ्य स्वयंसेविकालाई राज्यले सेवासुविधा दिन नसकेको कुरा उठ्नु स्वभाविक भन्दै महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानका लागि उहाँहरु सेवानिवृत भएपछि सम्मानपत्र र रु. ५० हजारका साथ सम्मान गर्ने लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी दिनु भयो।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंले स्वास्थ्य सबैका लागि भन्ने नारा भए पनि जिल्ला र प्रादेशिक अस्पतालमा पहुँच नभएका व्यक्तिले स्वास्थ्य सेवा, उपचार नपाएको गुनासो आइरहेको बताउनु भयो । उहाले शल्यक्रिया (अपरेशन) का लागि जिल्ला तथा प्रादेशिक अस्पतालले केही महिना पर्खिन भनिरहँदा बिरामी निजी स्वास्थ्य संस्थामा जान बाध्य भएको वताउनु भयो । उहाले जिल्ला अस्पताल विकास समितिको जिम्मेवारी जल्ला समन्वय समितिलाई दिन आग्रह गर्नु भयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले ‘पूर्ण खोप दिगोपना सुनिश्चित’ जिल्ला घोषणा गर्न सफल हुनुको श्रेय स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई जाने वताउनु भयो । उहाले भन्नुभयोे, ‘अत्यन्त न्यून सुविधामा महिला स्वास्थ्य स्वयंसेविका स्वयंसेवी भावनाबाट काम गरिरहनुभएको छ । उहाँहरुको अथक प्रयास र मिहिनेतले नै रुपन्देही पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा भएको छ ।’
स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डा. विनोद कुमार गिरीले खोपले रोगसँग लड्ने क्षमता प्रदान गर्ने भएकाले नियमित खोप आवश्यक रहेको बताउनु भयो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले रुपन्देही जिल्ला २०७३ सालमा पूर्ण खोप जिल्ला पहिलोपटक भएको र त्यसपछिका वर्षहरुमा हरेक वर्ष पूर्ण खोप दिगोपना सुनिश्चितता दिँदै आएको वताउनु भयो । सबै बालबालिकाले नेपाल सरकारले प्रदान गरेका सबै खोप पाउन भन्ने उद्देश्यका साथ २०६९ सालबाट पूर्ण खोपको अभियानको सुरुवात लुम्बिनी प्रदेशको नवलपरासी जिल्लाबाट भएको ढकालले बताउनु भयो।

महिला स्वास्थ्य स्वयंसेविका लिला खड्काले महिला स्वास्थ्य स्वयंसेविकाको सरकारले उच्च मूल्यांकन गर्नुपर्ने वताउनु भयो । उहाले भन्नुभयो ‘रुपन्देही पूर्ण खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा हुँदा खुसीको सीमा नै छैन ।’

जिल्ला खोप समन्वय समिति रुपन्देहीका अध्यक्ष एवं जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंको अध्यक्षता, लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालको प्रमुख आतिथ्यता, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालको स्वागत तथा खोप अधिकृत भेषराज शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा रुपन्देहीका पालिकाहरु, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालगायतलाई सम्मान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?