ट्वीटरले आफ्नो विज्ञापनबाट भएको आयको आधा हिस्सा गुमायो : मस्क

Read Time = 3 mins

न्यूयोर्क । एलन मस्कले गत अक्टोबरमा ४४ अर्ब डलरमा सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरको किनेपछि आफ्नो विज्ञापन आयको झण्डै आधा हिस्सा गुमाइसकेको बताउनुभएको छ । मस्कले कम्पनीले सामना गरिरहेका कठिनाइहरूको बारेमा जानकारी गराउँदै आउनुभएको छ । ‘विज्ञापनबाट उठ्ने राजस्वमा ५० प्रतिशतको गिरावट र भारी ऋणभारका कारण हामी अझै पनि नकारात्मक नगद प्रवाहमा छौं’, अरबपति मस्कले ट्वीटमार्फत् बताउनुभयो । ‘हामीसँग अरू कुनै पनि चीजको विलासिता हुनुभन्दा पहिले सकारात्मक नगद प्रवाहमा पुग्न आवश्यक छ’, उहाँले थप्नुभयो ।

‘इन्साइडर इन्टेलिजेन्स’का अनुसार ट्वीटरले सन् २०२३ मा तीन अर्ब डलरभन्दा कम आम्दानी गर्ने अनुमान गरिएको छ, जुन सन् २०२२ को तुलनामा एक तिहाइ कम हो । मस्कले ट्वीटरमा कब्जा जमाएपछि गरेका परिवर्तनले प्रयोगकर्ता र विज्ञापनदातालाई समान रूपमा बन्द गरिदिएको छ ।
मस्कले तथ्यांक चोरीको चरम स्तरलाई सम्बोधन गर्न भन्दै यस महिनाको सुरुमा ट्विटरको प्रमाणित अकाउण्टबाट एक दिनमा १० हजार ट्वीटहरू पढ्नको लागि सीमित अनुमति दिने घोषणा गर्नुभएको थियो ।

उहाँले निःशुल्क खाताहरू जुन अधिकांश प्रयोगकर्ताले बनाउँदछन् ती गैर-स्थापित प्रयोगकर्ताले प्रतिदिन एक हजार ट्वीटहरू मात्र पढ्न सक्ने सीमित प्रावधान ल्याउने र नयाँ अपुष्ट अकाउन्ट भएका प्रयोगकर्ताले ५ सय ट्वीटहरूमात्र पढ्नसक्ने गरी सीमित गरिएको घोषणा गर्नुभएको थियो ।

ट्वीटरको प्रतिद्वन्द्वीको रूपमा फेसबुकको अभिभावक मेटाले सुरु गरेको एप थ्रेड्सले पहिलो पाँच दिनमा १० करोडभन्दा बढी प्रयोगकर्ता दर्ता गरेपछि यो परिवर्तन आएको हो । यस वर्षको सुरुमा ‘ओपन एआई’ले बनाएको कृतिम बौद्धिकता (ए.आई) एप च्याटजीपीटीलाई सक्रिय प्रयोगकर्ताको संख्यासम्म पुग्न दुई महिना लागेको थियो । केही अनुमानका अनुसार, थ्रेड्स अब १५ करोड प्रयोगकर्तामा पुगेको छ । जसमा भारतीय प्रयोगकर्ता सबैभन्दा धरै छन् । इन्स्टाग्रामको लिंकले यसलाई दुई अर्बभन्दा बढी प्रयोगकर्ताको पहुँचमा पुर्‍याएको छ ।

ट्वीटरका करिब २० करोड नियमित प्रयोगकर्ता रहेको अनुमान गरिएको छ तर मस्कले प्लेटफर्म किनेर हजारौं कर्मचारीलाई बर्खास्त गरेपछि यसले बारम्बार प्राविधिक असफलताको सामना गर्नुपरेको छ । सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?