नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेका केशव तुलाधर ललिता निवासमा पुन: पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशव तुलाधरलाई धरौटीमा रिहा गर्न आदेश दिए लगत्तै उनी फेरि पक्राउ परेका छन् ।

न्यायाधीश माधव प्रसाद घिमिरेको इजलासले तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । छुटेको केही बेरमौ उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबीले नियन्त्रणमा लिएको हो । ललितानिवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पनि संलग्न रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो ।

उनको नाममा ललिता निवासको दुई रोपनी सरकारी जग्गा गएको स्रोतले बतायो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?