बर्दियामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु, सडक ठप्प

हिमालय टाइम्स
Read Time = 1 min

बर्दिया । बर्दियामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मधुवन नगरपालिका ५ निवासी अन्दाजी ४९ वर्षिय धर्म थापालाई मधुवन ५ को ८ नम्वर गाँउमा मा भे १ ख १४८१ नम्वरको टिप्परले ठक्कर दिदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

दोषीलाई कारबाहीको माग गर्दै अहिले गुलरिया राजापुर हुलाकी राजमार्ग बन्द गरिएको छ । साइकलमा रहेका थापालाई टिप्परले ठक्कर दिएको थियो ।

स्थानीय रेशम चन्दका अनुसार दोषिलाई कारबाही गर्नु पर्ने र टिप्परले तिव्रगतिमा कुदाउने कार्यलाई कम गर्नु पर्ने बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?