हेमबहादुर मल्ल सम्मान प्रधान र आचार्यलाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हेमबहादुर मल्ल सम्मान २०७७ र ०७८ गोरक्षबहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गरिने भएको छ । मंगलबार काठमाडौंमा नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसनले संयुक्तरूपमा पत्रकार सम्मेलन गर्दै सम्मान घोषणा गरेका हुन् ।

संघले ख्यातिप्राप्त प्रशासक र व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेसनको नेतृत्व तहमा रही उत्कृष्ट योगदान पुर्‍याएबापत उहाँको सम्झनामा हेमबहादुर मल्ल सम्मान स्थापना गरिएको नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बास्कोटाले बताउनुभयो । उहाँले हेमबहादुर मल्ल सम्मान बर्सेनि सार्वजनिक प्रशासन तथा व्यवस्थापन क्षेत्रमा उल्लेखनीय योगदान पुुर्‍याउनेलाई नगद दुर्ई लाखसहित सम्मानपत्र प्रदान गर्ने गरेको जानकारी दिनुभयो ।

विगतको जस्तो हेमबहादुर मल्ल सम्मान २०७७ गोरक्षबहादुर न्हुच्छे प्रधानलाई प्रदान गरिने र हेमबहादुर मल्ल सम्मान २०७८ भानुप्रसाद आचार्यलाई प्रदान गरिने भएको छ । हेमबहादुर मल्ल सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान् कोइराला, डा. विमल कोइराला, डा. महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकरलाल दास र सूर्यनाथ उपाध्याय सम्मानित भइसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?