आजदेखि केन्द्रीय सदस्यहरूले धारणा राख्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि बैठक सुरु हुन लागेको हो ।

मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् । प्रत्येक सदस्यलाई सात मिनेटको समय दिइएको छ ।

केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठकमा शीर्ष नेताहरूले विभिन्न प्रतिवेदन पेस गर्दै सकिएको थियो ।

मंगलबार दिउँसो २ बजे सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेन्डा राख्नु भएको थियो ।

त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?